
कञ्चनपुर प्रहरीले धाकधम्की दिएर रकम असुली गर्ने २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा विगत केही समयदेखि डर त्रास देखाएर व्यापारी तथा सर्वसाधारणबाट रकम असुल्ने उनीहरुलाई सार्वजनिक गरिएको हो ।

दार्चुलाको लेकम गाउँपालिका–१ घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भई हाल कञ्चनपुर भीमदत्त नगरपालिका–४ बसपार्क पछाडि डेरा गरी बस्ने चन्द्र देब जोशी पक्राउ परेका हुन् ।
दुबै जनालाई जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुबै जनाले फोन तथा म्यासेजमार्फत् सर्वसाधारण तथा ब्यापारीहरुलाई डर त्रास देखाई ज्यान मार्ने सम्मको धम्र्की दिएर रकम माग गर्ने गरेको भन्ने विषेश सूचनाको आधारमा उनीहरु पक्राउ परेको प्रहरीको दावी छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03