
राष्ट्रिय क्रिकेटर सोनु तामाङले क्रिकेट खेल जीवनबाट संन्यास लिएका छन्। घरेलु क्रिकेट तथा विभिन्न फ्रेञ्चाइज लिगमा हिटरको परिचय बनाएका तामाङले क्रिकेट खेल जीवनबाट बुधबारदेखि संन्यास लिने निर्णय गरेको सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

उनले आफ्नो जीवनमा क्रिकेटले ठूलो अर्थ राखेको तथा आफूले खेलेका विभिन्न राष्ट्रिय प्रतियोगिता स्मरण गरेका हुन्। सन् २०१५ मा राष्ट्रिय टिमको क्याम्पमा परेको क्षण आफ्नो लागि ठूलो क्षण भएको पनि बताएका छन्।
मुम्बईका स्थानिय क्लबदेखि बालुवाटार क्रिकेट क्लब, महावीर क्लब, काठमाडौं जिल्ला, प्रदेश तीन, पञ्चकन्या तेज, काठमाडौं गोल्डेन्स, ललितपुर प्याट्रिओट्स, चितवन राइनोज र त्रिभुवन आर्मी क्लबबाट खेलेको क्षण उनले सम्झिएका छन् भने समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन्।

।
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/16, 9:52
2022/02/10, 3:32
2023/02/24, 1:09