कृष्णपुरमा ५० प्रतिशत अनुदानमा किसानलाई च्याउको बीउ वितरण
2023/11/24, 5:28
 
ss

 कृष्णपुर नगरपालिकाले किसानलाई च्याउको बीउ वितरण गरेको छ । शुक्रबार नगरपालिका परिसरमा जम्मा भएका किसानलाई नगरपालिकाको कृषि विकास शाखाले कन्ये च्याउको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । नगरपालिकाले एक हप्ता अगाडी च्याउ खेती गर्न चाहने किसानका लागि भन्दै सूचना जारी गरेपछि शुक्रबार बीउ लिनेको भिड लागेको हो । 

नौ वटै वडाबाट आएका किसानहरुलाई नगर उपप्रमुख द्रोपती रानाले कन्ये च्याउको बीउ हस्तान्तरण गरेकी छिन्  उक्त वितरण कार्यक्रममा नगर प्रवक्ता एंव वडा नम्बर १ का अध्यक्ष मोहन बस्नेत, वडा नम्बर ३ का अध्यक्ष खेमराज चौधरी, वडा नंम्बर ६ का अध्यक्ष बाबुराम चौधरी, वडा नम्बर ७ का अध्यक्ष घुम्मन राना र वडा नम्बर ९ का अध्यक्ष कैलाश बहादुर बलायरको उपस्थिति रहेको थियो ।

नगरपालिकाले व्यक्तीगत रुपमा खेती गर्ने किसानलाई ४ पोका बीउ र सहकारी अथवा समूहमा खेती गर्ने किसानलाई ६० पोका च्याउको बिउ वितरण गरेको जनाइएको छ। कृषि शाखाले च्याउको बीउसँगै किसानलाई खेती गर्न सजिलो होस् भन्नका लागि प्लाष्टिक पनि वितरण गरको हो ।

च्याउको बिउ वितरण गर्ने कार्य अर्को हप्तासम्म रहने कृषि शाखा प्रमुख लाल बहादुर धामीले जानकारी दिए । व्यवसायिक किसान बढ्न थालेपछि नगरपालिकाले हेरक वर्ष किसानलाई अनुदानमा च्याउ लगागत अन्य खेतीका लागि पनि बीउ वितरण गर्दै आएको छ ।