हमासले छाड्यो थप १७ जनालाई, कञ्चनपुरका विपिन जोशी परेनन्
2023/11/27, 9:57
 
ss

प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई मुक्त गरेको छ। तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी भने परेका छैनन्।

हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ। त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ। इजरायलले छाडेका ३९ जनामध्ये ६ जना महिला छन्। अरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन्।उनीहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन ९आईसीआरसी० का प्रतिनिधिहरुले बस चढाएर वेष्ट बैंकको बैतुनिया शहरतर्फ लगिरहेको भिडियो फुटेज देखिन्छ।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो। उनीहरुबाट मुक्त गरिएकाहरुलाई आईसीआरसीको जिम्मा लगाउने गरिएको छ। पहिलो पटक गत शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो। दोस्रो पटक हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गरेको र इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायल डिफेन्स फोर्सले पुष्टी गरेको छ।

हमासले छाड्ने बन्धकहरुको तुलनामा तेब्बर संख्यामा इजरायलले बन्दीहरुलाई मुक्त गर्दै आएको छ। गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीसहित १ हजार २०० जनाको ज्यान गएको थियो भने २४० जनालाई उसले बन्धक बनाएको थियो। नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ। तर उनी रिहा हुनेरनहुने अझै थाहा हुन सकेको छैन। यद्यपि परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन्।