सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६३९ पुग्यो
2020/07/05, 3:22

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको पुर्नरवास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, कैलालीकै धनगढी उपमहानगरपालिका ८ की २ महिला, कैलालीकै टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय ३७ जनाको कोरोना परीक्षण भएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ३९ पुगेको छ ।

2025/06/26, 7:44
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2021/12/15, 3:09