
नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र धनगढी एफसीबीच खेल हुँदैछ। आइतवारका लागि तय भएको काठमाडौँ र धनगढीबीचको खेल त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण आजका लागि सारिएको हो। खेल आज साँझ दशरथ रङ्गशालामा ६ बजे सुरु हुनेछ।

दशरथ रङ्गशालामा आज त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह समापन भएपश्चात ६ बजेबाट खेल सुरु हुने एनएसएल व्यवस्थापन समितिले जनाएको छ। शिर्ष स्थानमा रहेको धनगढी र चौथो स्थानमा रहेको काठमाडौँ आजको खेलमा जित हात पार्दै आफ्नो प्ले अफको यात्रालाई सहज बनाउन चाहन्छ। यस्तै आजका लागि तय भएको सर्पोटिङ्ग इलाम एफसी र ललितपुर सिटी एफसी बीचको खेल भोलि दिउँसो १ बजेबाट हुनेछ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/16, 9:52
2022/02/10, 3:32
2023/02/24, 1:09