सुदूरपश्चिममा ८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६७८ पुग्यो
2020/07/05, 6:14
 
korona

सुदूरपश्चिममा आईतबार ८५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौँमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २० जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३ र धनगढी प्रयोगशालामा ४५ गरी आज थप ८५ जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १४, र बैतडीका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका २० जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका तीनजनामा कोरोना पुष्टि भएको हो। यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार कञ्चनपुरको पुर्नरवास नगरपालिकाका २० पुरुष र ८ महिला गरी २८ जना, कैलालीको गोदावरी नगपालिकाका ८ पुरुष र एक महिला गरी ९ जना, धनगढीका २ महिला, टीकापुर नगरपालिकाका एक पुरुष र डडेल्धुराको परशुराम नगरपालिकाका ४ पुरुष र एक महिला गरी ५ जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। संक्रमित मध्ये ८ जनाको मृत्यु भईसकेको छ।