
स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिडले साँघुरो जित निकालेको छ । आइतबार भएको खेलमा एथ्लेटिक बिल्बाओलाई १-० गोल अन्तरले पराजित गर्दै रियलले साँघुरो जित निकालेको हो । बिल्बाओको मैदानमा रियललाई जित दिलाउन कप्तान सर्जियो रामोसले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा रामोसले पेनाल्टीमा निर्णायक गोल गरे । डानी गार्सियाले मार्सेलोलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । जसमा रामोसले सहजै गोल गरे । जितसँगै रियलले उपाधि होड बलियो बनाएको छ । यस्तै रियलले दोस्रो स्थानको बार्सिलोनाविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।
रियलले ३४ खेलमा ७७ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक रहेको छ । ४८ अंक जोडेको बिल्बाओ आठौं स्थानमा रहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02