फारवेष्ट पशुपति कपः बीएस १५ र सुप ११ क्वाटरफाईनलमा 
2023/12/25, 5:17
 
ss

बीए १५ फुटबल एकेडेमी लम्की र सुदुरपश्चिम ११ स्पोर्टस क्लब  एनआरएनए छैठौं फारवेष्ट पशुपति कप २०८० फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको चौस्रो दिन भएका खेलमा जित हात पार्दै बीए १५ फुटबल एकेडेमी वाई पाउँदै सुदुरपश्चिम ११ ले क्वाटरफाईनलमा स्थान बनाएका हुन् । 

धनगढी रंगशालामा भएको पहिलो खेलमा बीए १५ फुटबल एकेडेमी शसस्त्र प्रहरी बल प्रदेश नम्बर ७ लाई २–१ ले हराउँदै अन्तिम आठमा पुगेको छ । बीए १५ फुटबल एकेडेमीका लागि विदेशी खेलाडी गुईलामे डिन र विवेक सन्तोषीले एक एक गोल गरे भने शसस्त्र प्रहरी बलका लागि गोविन्द सिंहले एक गोल फर्काए । पहिलो हाफको १४ औं मिनेटमा गोल गर्दै गुईलामे डिनले गोल गर्दै बीए १५ लाई अग्रता दिलाए । पहिलो हाफको २७ औं मिनेटमा शसस्त्र प्रहरीका लागि गोविन्द सिंहले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको अतिरिक्त समयको अन्तिम सेकेण्डमा विवेक सन्तोषीले गोल गर्दै बीए १५ फुटबल एकेडेमीलाई क्वाटरफाईनलमा पुराए । उनी खेलको म्यान अफ द म्याच समेत बने । उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन् । 

धनगढी रंगशालामा आज हुने भनिएको दोस्रो खेल नभएपछि सुदुरपश्चिम ११ ले वाई पाउँदै अन्तिम आठमा स्थान बनायो । भारतीय क्लब सिएफसी कलकत्ता अनुपस्थित भएपछि सुदुरपश्चिम ११ सोझै क्वाटरफाईनल पुगेको हो । क्वाटरफाईनलमा अव सुदुरपश्चिम ११ र बीए १५ फुटबल एकेडेमी प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि क्वाटरफाईनलका खेल हुनेछन । पहिलो क्वाटरफाईनलमा स्टार सिटी युवा क्लब धनगढी र घोडाघोडी युवा क्लब सुख्खड प्रतिस्पर्धा गर्नेछन् । दोस्रो क्वाटरफाईनलमा पुर्नवास युनाईटेड र आयोजक फारवेष्ट पशुपति युवा क्लब खेल्नेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल साढे २ बजे धनगढी रंगशालामा हुनेछ । पुस १४ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता हुनेछ । 

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको छ भने मुख्य प्रायोजकमा एनआरएनए रहेको छ ।