२४ घण्टामा ५ हजार ३१३ कोरोना संक्रमितको मृत्यु
2020/05/13, 8:56
 
inter

कोरोना भाइरस (कोभिड–१९)का कारण पछिल्लो २४ घण्टामा ५ हजार ३१३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ६२३ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ७७९, बेलायतमा ६२७, स्पेनमा १७६, फ्रान्समा ३४८, इटलीमा १७२ तथा रुसमा १०७ जनाको कोरोना संक्रमणका कारण २४ घण्टामा मृत्यु भएको छ । 

२१५ देशमा फैलिएको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ३९४ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ८३ हजार ३६८ को ज्यान गएको छ । बेलायतमा ३२ हजार ६९२, इटलीमा ३० हजार ९११, फ्रान्समा २६ हजार ९९१, स्पेनमा २६ हजार ९२० को कोरोनाका कारण ज्यान गइसकेको छ । 

विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ३७ हजार २२ पुगेको छ । १५ लाख ९६ हजार ७६३ जना कोरोना संक्रमित निको भइसकेका छन् ।  २४ लाख ४७ जहार ८६५ कोरोना संक्रमित उपचाररत छन् । यसमध्ये ४६ हजार ३४३ को स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको सामान्य रहेको छ ।