धनगढीमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि अधिकृतको कार्यालय स्थापना
2024/01/01, 7:08

आगामी माघ ११ राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार कैलालीको धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि यस प्रदेशबाट महिला एक, अपांगरअल्पसंख्यक एक र अन्यबाट एक गरि तीन जनाका लागि निर्वाचन हुने छ। यस प्रदेशमा ५२ जना प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष एक सय ७६ जना गरी दुई सय २८ मतदाता रहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत ओमप्रसाद अर्याल, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, राजनैतिक दलका प्रतिनिधि सुरक्षा निकायका प्रतिनिधीको उपस्थितिमा कार्यालय स्थापना गरिएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09