सुदूरपश्चिमका २५ सय जनाको रिर्पोट आउन बाँकी, ७७ सय बढी क्वारेन्टिनमा (भिडियो सहित) 
2020/07/06, 7:32
 
corona

सुदूरपश्चिमका २५ सय जनाको रिर्पोट आउन बाँकी रहेको छ । प्रदेशमा नमूना संकलन गरिएका दुई हजार चार सय ९५ जनाको रिर्पोट आउन बाँकी रहेको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन सय ६७ नमूना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा एक हजार नौ सय ८७ जनाको नमूना परीक्षणका लागि पठाईएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सुदूरपश्चिममा क्वारेन्टिनमा बस्नेहरुको संख्या घटदै गएको छ । लकडाउनको अवधिमा भारत लगायतका क्षेत्रबाट फर्किने संख्या घटेसँगै क्वारेन्टिनमा बस्नेहरुको संख्या समेत घट्दै गएको हो । प्रदेशका ९ वटै जिल्लामा अहिले सात हजार सात सय ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ । आईतबार मात्र क्वारेन्टिन अवधि पूरा गरेका एक हजार एक सय १९ जना घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयले सबैभन्दा बढी कैलालीमा दुई हजार एक सय ५० जना क्वारेन्टिनमा छन् । कञ्चनपुरमा एक हजार चार सय ५६ जना, बझाङमा एक हजार आठ जना, बाजुरामा ६ सय ६४, बैतडीमा आठ सय ९८, डोटीमा चार सय ७६ जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ । यस्तै डडेल्धुरामा तीन हजार १९ जना, अछाममा चार सय ८ र दार्चुलामा दुई सय ६० जनालाई क्वारेन्टिनमा राखिएको छ ।