
कैलालीको टीकापुरमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। टीकापुर नगरपालिका-९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित टीकापुर-२ का १७ वर्षीय किशोर सोमवार साँझ पक्राउ परेका हुन्।

किशोरले प्रयोग गरेको मोटरसाईकलको हेल्मेट भित्र लुकाई राखेको लागूऔषध फेला पारी मोटरसाईकल र किशोरलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले किशोरलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09