
आइसिसी यू-१९ विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपालले अनौपचारिक वाम अप खेलमा स्कटल्यान्डमाथि शानदार जित निकालेको छ ।

नेपालले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ ओभर २ बलमा १ सय ४९ रनमै समेटियो । बलिङतर्फ नेपालले तिलकराज भण्डारी ३ र आकाश चन्दले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थिए । नेपालका लागि गुल्सन झाले १ सय १४ रनको शतकीय इनिङ खेले । दिपक बोहराले नटआउट ५८ रनको योगदान दिए ।

विश्वकप अघि नेपालले स्कटल्यान्डसँग अनौपचारिक वार्म अफ खेल खेलेको हो । नेपालले जनवरी १३ मा स्कटल्यान्डसँग र जनवरी १६ मा वेष्ट इन्डिजसंग वार्म अफ खेल खेल्नेछ ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/24, 3:20
2021/02/07, 9:35
2021/09/05, 12:32
2022/11/22, 11:26
2024/04/20, 3:46