२४ घण्टामा ८४ हजार ७३२ कोरोना संक्रमित थपिए
2020/05/13, 8:58
 
korona

पछिल्लो २४ घण्टामा ८४ हजार ७३२ कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २२ हजार २३९ संक्रमितको पहिचान भएको छ । 

रसियामा १० हजार ८९९, ब्राजिलमा ८ हजार ४५९, भारतमा ३ हजार ५२४, बेलायतमा ३ हजार ४०३, स्पेनमा १ हजार ३७७, इटलीमा १ हजार ४०२ कोरोना संक्रमित थपिएका छन् । 

कोरोना भाइरस (कोभिड–१९)का कारण पछिल्लो २४ घण्टामा ५ हजार ३१३ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार ६२३ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ७७९, बेलायतमा ६२७, स्पेनमा १७६, फ्रान्समा ३४८, इटलीमा १७२ तथा रुसमा १०७ जनाको कोरोना संक्रमणका कारण २४ घण्टामा मृत्यु भएको छ । 

२१५ देशमा फैलिएको कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ९२ हजार ३९४ पुगेको छ । 

विश्वभर कोरोना संक्रमितको संख्या ४३ लाख ३७ हजार २२ पुगेको छ । १५ लाख ९६ हजार ७६३ जना कोरोना संक्रमित निको भइसकेका छन् । 

२४ लाख ४७ जहार ८६५ कोरोना संक्रमित उपचाररत छन् । यसमध्ये ४६ हजार ३४३ को स्वास्थ्य अवस्था गम्भीर र बाँकीको सामान्य रहेको छ ।