सुदूरपश्चिमको कोरोना मिटर तिव्रःसुदुरपश्चिम सबैभन्दा बढी कोरोना संक्रमित भएको प्रदेशको तेस्रो स्थानमा
2020/07/06, 11:53
 
corona

सुदूरपश्चिमको कोरोना मिटर तिव्र गतिमा दौडिन थालेको छ । देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका प्रदेशमा सुदूरपश्चिम तेस्रोमा छ । प्रदेश २ र प्रदेश नम्वर ५ पछि नेपालमा सबैभन्दा बढि कोरोना संक्रमित सुदूरपश्चिममा रहेका हुन ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या तीन हजार ८ सय ७८ पुगेको छ । यो प्रदेशमा चार जना संक्रमित पुगेका जिल्लाहरुको संख्या पनि चार रहेको छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा ८ सय ५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै अछाममा पाँच सय ८७, बाजुरामा पाँच सय ५९, डोटीमा पाँच सय ५६ जनाामा कोरोना पुष्टि भएको छ । कञ्चनपुरमा चार सय २९, डडेल्धुरामा दुई सय ६७, बैतडीमा दुई सय ६१, बझाङमा एक सय ४६ र बाजुरामा १७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

सुदूरपश्चिमभन्दा बढि संक्रमण पुष्टि भएका प्रदेश नम्वर २ मा चार हजार एक सय ६० र प्रदेश नम्वर ५ मा तीन हजार नौँ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णली प्रदेशमा एक हजार पाँच सय ७८, गण्डकी प्रदेशमा एक हजार एक सय ५०, प्रदेश नम्वर १ मा ६ सय ९२ र बाग्मती प्रदेशमा पाँच सय ५९ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिममा कोरोना पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने संक्रमित मध्ये ६ सय ६२ जना डिस्चार्ज भएका छन् ।