
राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा एपीएफ क्लबका मध्यक्रमका ब्याटर सन्दीप जोराले बामगती प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।

उनले १०४ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । पाँचौं क्रममा आएका उनले एकतर्फबाट क्रिज सम्हाल्दै टिमको लागि महत्वपूर्ण शतकीय पारी खेलेका हुन् ।
४१ रनमा पाँच विकेट गुमाएको एपीएफका लागि उनले लोकेश बमसँग ६१ रनको अर्धशतकीय साझेदारी गर्दै एपीएफलाई १०७ सम्म डोर्याएका थिए ।
१०३ रन बनाउँदै खेलिरहेका छन् । ताजा अवस्थामा एपीएफले ४६ ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको छ ।

यसवर्षको प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाउने सन्दीप दोस्रो खेलाडी हुन् । शनिबार नेपाल पुलिसका रसिद खानले पनि शतक बनाएका थिए ।
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/16, 9:52
2022/02/10, 3:32
2023/02/24, 1:09