सुदूरपश्चिममा १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६९१ पुग्यो
2020/07/06, 6:26
 
corona

सुदूरपश्चिममा आज १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा डडेल्धुराका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

यस्तै सोमवार नै कैलालीका थप ८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा तीन महिला र पाँच पुरुष गरी कैलालीका ८ जनामा कोराना पुष्टि भएको हो।

सोमवार १३ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३  हजार ६ सय ९१ पुगेको छ। संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने ६ सय ६२ जना बिभीन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।