सुदूरपश्चिमका पहाडी क्षेत्रमा रनपुतला पर्वको रौनकता
2024/01/16, 10:01
 
ss

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुस १५ गतेदेखि सुरु भएको रनतपुतला पर्वको रौनकता छाएको छ। पश्चिमका पहाडी जिल्लामा मनाइने ‘रन पुतला’ नारीहरूको पर्व हो।

महिला तथा किशोरीहरुद्धारा छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा रन पुतला खेलिने गरेको छ। सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा कतिपय स्थानमा माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा विसर्जन भइसकेको छ ।भने कतिपय स्थानमा माघ ३ गते उत्तरायणी पर्वका दिन विसर्जन गर्ने चलन रहेको छ।

यो पर्वलाई छोरी चेलीले आफ्ना वेदना पोख्ने पर्वका रुपमा लिने गरिन्छ। परापूर्व कालदेखि मनाइँदै आइएको रनपुतला पर्वमा माइतीघर छाडेर कर्म घर जाने क्रममा हुने छोरी चेलीहरुको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको हुन्छ । रनपुतला गाउँ नजिकै रहेको पँधेरोमा लगेर विसर्जन गरिन्छ ।परम्परागत रूपमा मनाइँदै आएको यो पर्वमा पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीले भोगेका पीडा समेटेर बनाइएका गीत गाइने गरिन्छ ।पुतला नाच सुदूरपश्चिमलाई चिनाउने विभिन्न कला, संस्कृतिमध्येको एक मौलिक कला, संस्कृति हो । अछाम, बाजुरा र डोटीको सङ्गममा परापूर्व कालमा घ्याराघ्याम्पो नामका राजाले छोरी रनमैयाको शोकमा परेका बेला रन पुतला नाचको सुरुवात गरेको दिपायल सिलगढी नगरपालिका–७ रातुलीकी देवी भण्डारीले दिदी बहिनी,आमा,काकी,भाउजू लगायत सबै जम्मा भएर पुतला खेल्ला रमाइलो हुने उहाँको भनाई छ। भगवतीको कथामा आधारित रहेर रातुलीमा पुतला खेलिँदै आएको पद्मा देवी विष्टले बताइन्। उनले भनीन्, ‘यो भगवतीकी खेल हो भगवतीलाई हिउँचुलीका माग्न आउँदा म सक्करी ९चिसो ठाउँ० लेक जान सक्दैन भगवतीले भनेपछि ‘तुमरा कर्म ओइ सिजायो जानै प¥यो भागा छोरी’ उनका बाबुआमाले भन्दा त्यसपछि कुराहरूलाई समेटेर गीत बनाई पुतला खेलिन्छ ।’पुरानो पुस्तासँगै यो नाच बिस्तारै हराउने चिन्ता बढेको छ ।