सुदूरपश्चिमको मन्त्रीमण्डल विस्तारमा ढिलाई
2023/01/19, 1:25
 
aa

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र रावल नियुक्त भएको एक साता पुगेको छ। तर उनले मन्त्रिमण्डल विस्तार गर्न भने सकेका छैनन्। गत पुस २८ गते पद तथा गोपनीयताको शपथ लिने क्रममा उनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए।

तर, त्यसयता मुख्यमन्त्रीले विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिन सकेका छैनन् भने अन्य मन्त्री पनि नियुक्त गर्न सकेका छैनन्।  मुख्यमन्त्री रावलले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने देखिएको छ। मन्त्रिमण्डल विस्तार गर्न मुख्यमन्त्री रावलले केन्द्रको निर्देशन कुरिरहेको देखिन्छ। सोही विषयमा छलफल गर्न उनको नेतृत्वमा एक टोली काठमाडौँ आज काठमाडौँ गएको छ ।

उनीहरुले केन्द्रीय नेताहरुसँ विश्वासको मतको बारेमा छलफल तथा निर्णय गर्ने मुख्यमन्त्री रावल स्रोतले बताएको छ। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका नेताहरू पनि आजै काठमाडौँ जाँदैछन्।  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग प्रदेशको मन्त्रीमण्डले छलफल गर्ने कार्यक्रम छ। प्रदेशका मुख्यमन्त्री रावलले रेशम चौधरीसँग विश्वासको मतको विषयमा छलफल गर्ने भएका हुन्। उनले नागरिक उन्मुक्ति पार्टीसँग विश्वासको मत माग्नेछन्।