मैयादेवी मेमोरियल यु-१९ महिला क्रिकेटमा सुदूरपश्चिमको टोली घोषणा
2024/01/24, 12:04
 
ss

मैयाँदेवी मेमोरियल १९ वर्षमुनिको महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। स्नेहा महराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। 

टोलीका अन्य सदस्यहरूमा जानकी थापा, करिस्मा थापा ,अनु कडायत, सावित्री धामी, चेतना कुँवर, रविना साउँद र मनीषा बोहरा रहेका छन् । यस्तै निलम पाण्डे, गङ्गा खड्का, सविना नेगी, हिलिसा खड्का, निशा खडायत र कमला महरा पनि अन्तिम १४ मा समेटिएका छन्। सविना दौल्याल, रविना धामी, रेजिना कुँवर र कमला चन्द वैकल्पिक खेलाडीका रूपमा छानिएका छन्। बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी छनौटमा परेको अध्यक्ष जोशीले जानकारी दिए ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा मैयाँदेवी श्रेष्ठको स्मृतिमा उन्नाइस वर्षमुनिको राष्ट्रिय महिला टी(२० क्रिकेट प्रतियोगिता माघ १२ गतेदेखि आयोजना हुँदै छ। चितवनको गौतम बुद्ध क्रिकेट रङ्गशालामा  हुने प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ।   नेपाली कांग्रेसकी पूर्व प्रजातन्त्र सेनानी, दानवीरंगना स्व. श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना  गरिने भएको छ । प्रतियोगितामा  ७ वटै प्रदेशबाट टोलीको सहभागिता जनाउने छन् ।

सन् २०२४ मा युएईमा  हुन गइरहेको  एसिया कप छनोट र सन २०२५ मा मलेसिया र थाइल्यान्डमा हुने विश्वकप लाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत प्रतियोगिता कोशे ढुङ्गा साबित हुने नेपाल क्रिकेट संघको विस्वास छ ।