दोश्रो CCS+2 अन्तर बिद्यालय खुला फुटवल प्रतियोगिता माघ १५ देखी
2024/01/27, 4:23
 
dd

धनगढीमा CCS+2 अन्तर बिद्यालय खुला फुटवल प्रतियोगिता हुने भएको छ । माघ १५ गतेदेखी धनगढी रगंशालामा प्रतियोगिता हुन लागेको हो । खेल स्वास्थ्यका लागी बिद्यार्थी राष्ट्रका लागी भन्ने मुल नाराका साथ धनगढीको क्रेसेन्ट सिटि स्कुल धनगढीको आयोजनामा फुटवल प्रतियोगिता हुन लागेको हो । आयोजक क्रेसेन्ट सिटि स्कुलका प्रतियोगिता संयोजक सागर साउँदका अनुसार फुटवल प्रतियोगिता माघ १५ गतेदेखी २० गतेसम्म सञ्चालन हुने छ ।

धनगढी लगायत बिभिन्न ठाउँका १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता रहने छ । प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद सहित ट्रफी, मेडल, दोश्रो पुरस्कार ३५ हजार नगद सहित ट्रफी, मेडल रहेको संयोजक साउँदले बताए । प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई नगद ३ हजार, मेडल र प्रमाणपत्र उपलब्ध गराइने उनले बताए । उत्कृष्ठ गोलकर्ता र उत्कृष्ठ गोलरक्षकलाई जनही नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र उपलब्ध गराइने उनले जानकारी दिए ।

प्रतियोगितामा ह्याट्रिक गर्ने खेलाडीलाई नगद १ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिने क्रेसेन्ट सिटि स्कुलका शिक्षक शेर बहादुर बिष्टले बताए । यस प्रतियोगिताले बिद्यार्थीको शैक्षिक ज्ञान संगै खेल क्षेत्रको ज्ञान समेत बढ्ने अपेक्षा लिइएको छ । क्रेसेन्ट सिटि स्कुलको मात्रै नभएर सहभागी हुने सबै स्कुलको फुटवल बिकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बिष्टले बताए । दोश्रो CCS+2 अन्तर बिद्यालय खुला फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्रेसेन्ट सिटि स्कुलका प्रिन्सिपल तिर्थ फुलाराले बताए ।

हामीले गत बर्षदेखी फुटवल प्रतियोगिता आयोजना गर्न शुरु गरेका हौँ फुलाराले भने “गत बर्ष निकै उत्साहजनक सहभागिता देखियो, यस पटक झन राम्रो प्रतियोगिता बनाउने उद्देश्यले माघ १५ देखी शुरु गर्दैछौँ, ग्रासरुट फुटवलको बिकासमा यो प्रतियोगिताले पक्कै महत्वपुर्ण भुमिका खेल्ने छ, तपाई हरु सबैको सहयोगको अपेक्षा छ ।” प्रतियोगितामा आयोजक संस्था क्रेसेन्ट सिटि स्कुलको एक टिम सहभागी हुने छ । फुटवल प्रतियोगितामा सहभागी हुन बिद्यार्थीहरुको टिमले तयारी थालेको छ ।