सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै
2024/01/31, 6:32
 
ss

उपेक्षित उष्णप्रदेशीय ९गर्मी क्षेत्रमा हुने० रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ। विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ। व्यक्ति बिरामीमात्रै नभएर ज्यान समेत जाने गरेको जनाइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, डोटीका कीटजन्य अधिकृत हेमराज जोशीले रोगलाई उपेक्षित गरेकै कारण बल्झिँदै व्यक्तिको ज्यान जाने गरेको बताए।

उनका अनुसार विश्व स्वास्थ्य संगठनको उपेक्षित उष्णप्रदेशीय रोगहरूको सूचीमा २१ रोगको समूह सूचीकृत गरिए पनि नेपालमा हालसम्म ११ रोगमात्रै पाइएको छ। यसमा डेंगी र चिकनगुनिया, रेबिज, ट्रकोमा खस्रे रोग कुष्ठरोग, कालाजार, टेनियासिस र न्यूरोसिस्टाइसर्कोसिस फिते जुका, हात्तीपाइले, माटोबाट सर्ने जुका, माइसेटोमाक्रोमोब्लास्टोमाइकोसिस, अन्य डिप माइकोसेस, सर्पदंश, लुतो र अन्य इक्टोपारासाइटलगायत छन्।

‘यस्ता रोगबाट विश्वमा एक अर्ब बढी मानिसलाई प्रत्येक वर्ष असर पर्ने गरको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ,’ उनले भने, ‘नेपालमा पनि यी रोगको सङ्क्रमणबाट बर्सेनि लाखौं व्यक्ति प्रभावित हुने गरेका छन्, सुदूरपश्चिममा यी रोगको सङ्क्रमण बर्सेनि झनै बढ्ने गरेको छ, रोग निदानका प्रयास पनि हुँदै आएका छन्।’

यी रोग मुख्यतया पर्याप्त सरसफाइको कमी, रोगबाहक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरसँग नजिकको सम्पर्कमा रहने व्यक्तिसँगै गरिबीको रेखामुनि रहेका व्यक्ति बढी जोखिमा रहने गरेको अधिकृत जोशीले बताए। ‘स्वास्थ्यसम्बन्धी विश्वव्यापी एजेण्डामा यी रोगबारे विरलै मात्र चर्चा हुने गरेको छ,’ उनले भने, ‘यस क्षेत्रमा काम गर्नका लागि सीमित स्रोतसाधनमात्रै उपलव्ध हुन्छ, अध्ययन–अनुसन्धान कम हुने गरेकाले पनि यी रोगलाई उपेक्षित रोग भन्ने गरिन्छ।’

उपेक्षित उष्णप्रदेशीय रोग समुदायमा सामाजिक बहिष्करणसँग जोडेर हेर्ने गरिने भएकाले सबैभन्दा बढी गरिबीको रेखामुनि रहेका व्यक्ति बढी प्रभावित हुने गरेको उनको भनाइ छ। उनका अनुसार केही उपेक्षित उष्णप्रदेशीय रोग जनस्वास्थ्य समस्याको रूपबाट निवारण हुँदै आएको छ भने केही निवारण र रोकथामको रणनीतिमा कार्य भइरहेको छ।

नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरेको छ। यसको प्रमाणीकरण विश्व स्वास्थ्य संगठनबाट भइसकेको छ। देशमा कालाजार सन् २०२६, हात्तीपाइले, कुष्ठरोग र रेबिजलाई सन् २०३० मा निवारण गर्ने लक्ष्य लिएको छ। कालाजार जनस्वास्थ्य समस्याको रूपमा निवारण गर्ने लक्ष्यअनुरूप जिल्ला तहमा प्रति १० हजार जनसङख्यामा एकभन्दा कममा सङ्क्रमण पु¥याउने, कालाजारबाट हुने मृत्युलाई एक प्रतिशतमा झार्ने रणनीति तय गरिएको छ। पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्या ९० प्रतिशतले कमी आएको अधिकृत जोशीको भनाइ छ।

‘अन्य जिल्लामा कालाजारको लक्ष्य प्राप्ति भए पनि कालीकोट जिल्लामा मात्रै निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन,’ उनले भने। कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा निवारण गर्ने, स्थानीय तहस्तरमा लगातार पाँच वर्षसम्म १५ वर्षमुनिका बालबालिकामा नयाँ सङ्क्रमणलाई शून्यमा पु¥याउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए।

कुष्ठरोगलाई सन् २०१० मा राष्ट्रियस्तरबाट जनस्वास्थ्य समस्याको रूपमा घोषाणा भएअनुसार आर्थिक वर्ष २०७९/८० मा राष्ट्रियस्तरमा शून्य दशमलव ८५ प्रिभ्यालेस दरसँगै दुई हजार पाँच सय २२ नयाँ रोगी पहिचान गरिएको उनले उल्लेख गरे। हात्तीपाइले रोग एन्टिजेनेमिया दुई प्रतिशतभन्दा कम र माइक्रोफिलरिया एक प्रतिशतभन्दा कम पु¥याउने लक्ष्य रहेको उनको भनाइ छ। चौसठ्ठीवटा हात्तीपाइले एन्डेमिक जिल्लामध्ये आम औषधि सेवन सम्पन्न गरी ५३ वटा जिल्लामा सङ्क्रमणको प्रसारसम्बन्धी आम औषधि सेवन बन्द गरिएको छ। सात जिल्लामा आम औषधि सेवनको कार्य जारी रहेको छ।

हात्तीपाइलेको रुग्णतासम्बन्धी ४९ जिल्लाबाट तथ्याङक सङकलन गरिएको छ। हालसम्म हात्तीपाइलेका कारणबाट ४१ हजार पाँच सय ३५ जनामा हाइड्रोसिल तथा गोडामा सुजनलगायतको शारीरिक समस्या देखापरेको फोकल पर्सन भट्टले बताए। डेंगी रोगको रोकथाम र नियन्त्रणको प्रयास हुँदै आएको छ। सन् २००४ मा डेंगीको पहिलो केस रिपोर्ट भएदेखि प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएका छन्।

सन् २०२३ मा ७७ वटै जिल्लामा ५२ हजार बढी व्यक्तिमा डेङ्गुको सङ्क्रमण भई २० जनाको मृत्यु भएको निर्देशनालयले राखेको तथ्यांकमा उल्लेख गरिएको छ। ‘गत आवमा कुकुरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या एक लाखभन्दा बढी थियो,’ तथ्यांकअनुसार कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पु¥याउने लक्ष्य लिइएको छ।’ आव २०७९र८० मा १० जनाको रेबिजबाट मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको भए पनि बर्सेनि रेबिजबाट सय बढीको मृत्यु हुने गरेको अनुमान छ।

सर्पदंशबाट आव २०७९/८० मा नौ हजार बढी व्यक्ति प्रभावित भएकामा जसमध्ये एक हजार दुई सय २३ जनालाई विषालु सर्पले डसेको थियो। देशभर एक सय १० वटा सर्पदंश उपचार केन्द्रमार्फत उपचार हुने गरेको छ। सन् २०१५ मा भएको सर्वेक्षणअनुसार भौगोलिक क्षेत्रका आधारमा १२ देखि ३४ प्रतिशत स्कुलमा अध्ययनरत विद्यार्थीमा माटोबाट सर्ने जुकाको सङ्क्रमण देखापरेको थियो। आव २०७९/०८० मा पाँच लाख ५० हजार जनामा जुकाको सङ्क्रमण देखिएको छ । रासस