
कञ्चनपुरको पुर्नवासमा चितुवा देखिएको छ । बिहिवार बिहान जिल्लाको पुनर्वास नगरपालिका १० मा चितुवा देखिएको हो। दोदा पुलदेखि पश्चिम मसानघाट नजिक चितुवा उखुबारीमा पसेपछि खोजिरहेको सब डिभिजन वन कार्यालय पचकडिया का प्रमुख दिनेश कुमार यादवले बताए ।

‘मसानघाट नजिक चितुवा रहेको पुष्टि भैसकेको छ, पाइला द्खिएको छ, खोजी भइरहेकै , प्रमुख यादवले भने । वन कार्यालयका कर्मचारी र ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक हेमराज भट्टको टोली खटिएको कार्यालयले जनाएको छ।
उखु खेतीबारीमा जाँदा सतर्कता अपनाउन नगरवासीलाई वन कार्यालयले अनुरोध गरेको छ । मङ्गलवार दिउँसो पचुइस्थित जगन्नाथ मन्दिर नजिक देखापरेको चितुवा उखुबारीमा पसेको थियो। तर ठोस प्रमाण फेला नपरेपछि बनको टोलि फिर्ता भएको थियो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/06, 11:26
2020/10/08, 2:16
2021/05/01, 10:33
2021/11/21, 1:13
2022/10/01, 2:07