कञ्चनपुरमा एपीएफ स्कुल सञ्चालन गर्न सहमति
2024/02/02, 10:43
 
11

 कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) स्कुल खोल्न सहमति प्रदान गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी, कञ्चनपुरको भोगाधिकारमा रहेर एपीएफ स्कुल झलारी सञ्चालन गर्न गृह मन्त्रालयले सहमति प्रदान गरेको हो।

यहि माघ १२ गते गृहमन्त्रीस्तरको बैठकबाट उक्त गणले प्रयोग गरिरहेको भन्दा बाहेकको जग्गामा विद्यमान शिक्षा ऐन र शिक्षा नियमावली लगायत प्रचलित कानुनहरुको अधिनमा रहेर स्कुल सञ्चालन गर्न सहमति प्रदान गर्ने निर्णय भएको हो।

स्कुल सञ्चालनका लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले पुस २५ गते अनुमति माग्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो।