यू–१९ विश्वकप : नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै
2024/02/02, 11:13
 
aa

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा आज नेपालले भारतको सामना गर्दैछ ।

यसअघि सुपर सिक्समा बंगलादेशसँग खेलेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे हुनेछ ।
नेपाल सुपर सिक्स खेल्नुअगावै सेमिफाइनलबाट बाहिरिसकेको छ । त्यसैले आजको खेल नेपालको प्रतिष्ठासँग मात्र जोडिएको छ । खेल जिते पनि नेपालको यो प्रतियोगिताको यात्रामा आज बिराम लाग्नेछ ।

विश्वकपमा नेपाल र भारत दुई पटक आमनेसामने भएका छन् । जसमा दुवै खेल नेपालले हारेको थियो । त्यसैले नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेर इतिहास रच्न चाहन्छ । उता, भारत आजको खेलमा पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनल प्रवेश गर्नेछ । जारी यू१९ विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । समूह चरणमा एक खेल मात्र जितेको नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।