कञ्चनपुरमा पार्किङ्ग स्थलमा राखिएको मोटरसाइकल चोरी
2024/02/03, 12:53
 
dd

कञ्चनपुरमा पार्किङ्ग स्थलबाट मोटरसाइकल चोरी भएको छ। कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पार्किङ्ग स्थलबाट नवराज भट्टको मोटरसाइकल चोरी भएको हो।

उक्त भलिबल प्रतियोगिताका मिडिया संयोजक समेत रहेका भट्टको म २ प ६२६१ नम्बरको प्लाटिना मोटरसाइकल चोरिएको छ। सेमिफाइन खेल चलिरहेका बेला खुला मञ्चको पार्किङ्गमा मोटरसाइकल राखेर भट्ट खेल स्थलमा काम व्यस्त थिए।

पार्किङ्ग स्थल आउन अघि नै मोटरसाइकल चोरिएको हो । उनले भने ‘चाबी त मसित नै थियो, पार्किङ्ग स्थलमा आएर हेरे,मोटरसाइकल भेटिन्’ । भट्टले मोटरसाइकल चोरीएको उजुरी ट्राफिक प्रहरी कार्यालयमा दिएको बताएका छन्।