सुदूरपश्चिममा ३६९१ जना कोरोना संक्रमित १०१ जना मात्रै अस्पतालको आईसोलेसनमा
2020/07/07, 8:21

सुदूरपश्चिममा हालसम्म ३६९१ जना कोरोना संक्रमित पुगेका छन् । त्यसमा १०१ जना मात्रै अस्पतालको आईसोलेसनमा रहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका एक सय एक जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार नौँ सय संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन् । निर्देशनालयका अनुसार टीकापुर अस्पतालमा ४२, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १३, सेती अस्पतालमा १२, अछाम अस्पतालमा १०, डोटी र बाजुरा अस्पतालमा दुई दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ ।
सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ६ सय ९१ पुगेको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53