![ss](/sites/default/files/styles/flexslider_full/public/2024-02/d_0.png?itok=1pOqSf5U)
कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतबाट अबैध रुपमा हुने उखु तस्करी रोकिएको छैन। जिल्लाको बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिका क्षेत्रका भारतिय सिमाहरुबाट अबैध रुपमा उखु नेपाल भित्रिन थालेपछि नेपाली उखु किसान बिरोधमा उत्रिएका थिए। भारतबाट तस्करीको उखु आयात हुन नरोकिएपछि माघ ६ गतेदेखि कञ्चनपुरको बेलौरीका स्थानीयले विरोध गरे। दैनिक २ सय ट्रली उखु भारतबाट तस्करी हुँदै आएको भन्दै उनीहरूले विरोध गरेका थिए।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
स्थानीय एक किसानका अनुसार भारतबाट रातिको समयमा तस्करीको उखु कञ्चनपुरको महाकाली सुगर मिलमा आउँछ, उनले भने, ‘रातिको समयमा पनि चिनी मिलहरूमा काम हुन्छ। नेपाली किसानहरू दिउसो आउनु हुन्छ । तर, रातिको समयमा भारतबाट तस्करीको उखु आउछ। चिनी मिलका सञ्चालकले प्रशासन र व्यापारीसँग मिलाएर रातिको समयमा भारतबाट उखु ल्याउने गर्नुभएको छ । नेपालको उखु हुँदा हुँदैपनि कम मुल्यमा भारतिय उखु नेपाली चिनि मिलले भित्र्याउँछन् उनले भने “हामीले जति भनेपनि तस्करी रोकिदैन, राती जहिलेपनि बेलौरी तथा बेल्डाँडी गाउँपालिकासंग जोडिएका सोडा घाट, ४२ नम्बर पिल्लर, कलकत्ता, टाटरगन्ज, भुडा, झिलमिलाको सक्ती पारम, भुडाको एम।पि घाटबाट प्रत्येक दिन राती उखु तस्करी हुन्छ तर यहाँको प्रशासन मौन छ।”
स्थानीय प्रशासनको मिलेमतोमै व्यापारीहरूले भारतबाट तस्करीको उखु ल्याउने गरेको स्थानीयले बताए । उनले भने, ‘नेपाली नम्बरका ट्याक्टर हुन्छन । तर, धेरै ट्रलीहरू भारतीय हुन्छन । चार चक्काको ट्रलीहरू हुन्छन । प्रहरीमा जानकारी गराउदासमेत नियन्त्रण भएको छैन। कारण मिलेमतो नै हो।” भारतिय उखु नेपालको चिनि मिलमा भित्र्याउन यहाँकै बिचौलिया मिलाइएको हुन्छ अर्का किसानले भने “भारतको उखु आफ्नो मिलमा ल्याउन र अन्य ठाउँको उखु समेत आफ्नो मिलमा ल्याउन महाकाली सुगर मिलले बिचौलिया राखेको छ, अनी बिचौलियाले यहाँको प्रहरी र सशस्त्र प्रहरीको गुल्मपति संग सेटिङ हानेको हुन्छ, अनी उखु निर्बाध रुपमा नेपाल भित्रिन्छन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
भारतको उखु नेपाल भित्रिदा हाम्रा उखुले उचित मुल्य पाउँदैन् र हामीपनि सस्तोमा उखु बेच्न बाध्य हुन्छौँ ।” सात दिनसम्म किसानले आन्दोलन गरेपछि आठौँ दिन प्रहरीले पक्राउ गरेको बताइएको छ । बेलौरी नगरपालिका वडा नम्बर १० का चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मिल सञ्चालक र किसान बिच सहमती भएपछि उनिहरुलाई छोडिएको थियो । ति किसानका अनुसार प्रहरीको दवावका कारण आन्दोलन रोक्नु परेको हो । त्यसपछि फेरी हरेक राती उखु नेपाल भित्रिरहेको उनिहरु बताउँछन् ।
यता महाकाली सुगर मिलका प्रशासन प्रमुख कालु सिहं ठगुन्नाले भने हालसम्म आफ्नो मिलमा कुनै भारतको उखु नआएको बताए । हामीसंग यतै उखु पर्याप्त छ किन हामी भारतको उखु ल्याउँला उनले भने “राती नेपालको उखु आउँदै आउन्न भन्ने त छैन नी, हाम्रो मिल अगाडी आएर आन्दोलन गर्नुको के अर्थ छ, केही प्रमाण भए हो, भारतकै उखु रोक्ने भए हाम्रो मिल नजिक किन आन्दोलन गर्नुपरेको नाकामा गएर गरे भयो नी, अनी हामीलाई कताबाट उखु आयो के थाहा हुन्छ र नेपालको हो की, भारतको, यो प्रशासनले रोक्ने बिषय हो नी, उखुका बिषयमा हाम्रो मिलमा आएर आन्दोलन गर्नु भएन नी ।”
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)
यता भागेश्वर सुगर मिलका प्रमुख कार्यकारी अधिकृत प्रकाश भट्टले पनि आफुलाई भारतिय उखु आवश्यक नभएको बताए । कसै अरु मिलले भारतबाट उखु आयात गर्नुहुन्छ नाम हाम्रोपनि बेचिन्छ उनले भने “हामीले पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाको ८ हजार २ सय बिगाहा बराबर किसानको जमिनमा लगानी गरेका छौँ, मल, आवश्यक कृषि औजार, तालिम, मल लगायत हामीले किसानहरुको उखु उत्पादनका लागी लगानीनै गरेका छौँ, हामीसंग ३ हजार ५ सय उखु किसान जोडिनुभएको छ, उहाँकै उखु हामी खरिद गर्छौँ र चिनि उत्पादन गरिरहेका छौँ, हामीसंग जोडिएका किसानबाटै हामीलाई प्रसस्त उखु पुगिरहेको छ किन भारतको उखु किन्नु त ।”
अबैध उखु खरिद गरेर हामीलाई मिल चलाउनु छैन उनले भने “हामी आफै उखुमा लगानी गरिरहेका छौँ, हामीले ५० बिगाहामा आफै उखु खेती गरेका छौँ, नयाँ हाइब्रेड बिउ उत्पादन गरिरहेका छौँ अनी किन हामी भारतको उखु लिने, यस्तो काम गरेकापनि छैनौँ, गर्दापनि गर्दैनौँ तर अरु मिलले गरेको गल्ती हामीसंग जोडिदिनु भएन ।” भागेश्वर सुगर मिलका सञ्चालक टेक बोगटीले अरुको गल्तीको भागेदार आफुहरुले बन्नु परेको बताए। अरु कुनै मिलले भारतिय उखु ल्याउने गरेका छन्, मैलेपनि सुनेको छु, अनी प्रशासनको पत्र हामीलाई आउँछ उनले भने “भारतबाट उखु किन खरिद गर्नुहुन्छ भनेर भन्सार र अख्तियारको पत्र हामीलाई आएको थियो, पहिला त जसले ल्यायो त्योलाई पत्र पठाउनु पर्ने हो, अनी आएकै भएपनि सशस्त्र प्रहरी र प्रहरीलाई हो नी निर्देशन दिनुपर्ने, सिमामा रहेको सशस्त्र प्रहरीले चाहे १ ट्याक्टरपनि उखु आउन सक्दैन, तर आइरहन्छ, आउने अर्कै कहाँ चेतावनी हामीलाई आउँछ, यो ठिक भएन नी ।”
![](https://khabarkunj.com/sites/default/files/2021-01/SAMAR-MEDICAL-HALL.gif)
नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यापारीसँगको साठगाँठमा भारतबाट तस्करीको उखु आयात हुँदै आएको स्थानीयको आरोप छ । तर, यस विषयमा स्थानीय प्रशासन भने मौन छ । यता इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख कृष्ण कुँवरले भने महाकाली सुगर मिल र स्थानिय बिच भएको बिभिन्न सम्झौता कार्यान्वयन नभएको भन्दै आन्दोलन भएको बताए । त्यहाँ भारतिय उखुको बिषयमा आन्दोलन भएको थिएन उनले भने “स्थानियको घरमा बिजुली, स्वच्छ पानी लगायतको सहमती अनुसार भएन भनेर उहाँहरुको आन्दोलन थियो, राती आगो बालेर गाडी रोकाएपछि हामीलाई खबर भयो र हाम्रो टिम गएर ति आन्दोलनकारीहरुलाई यठाएर लिएका हौँ, त्यसपछि अर्को दिन बिहानै उहाँहरु बिच सहमती भयो र हामीले पठाएका हौँ, त्यस्तो उखु तस्करी यहाँ भएको छैन, हाम्रो क्षेत्रमा पर्ने नाकाहरुबाट उखु आएको छैन ।” सशस्त्र प्रहरी बल कञ्चनपुर ३५ नम्बर गण झलारीका गणपति प्रेम रावलले भारतबाट उखु नेपाल नभित्रिएको दावी गरे । पारीबाट अबैध उखु मात्रै होइन कुनैपनि समान भित्रिन नदिने हाम्रो निर्देशन छ, उनले भने “हामीले त्यस्ता ठाउँमा गस्तीपनि गरिरहेकै हुन्छौँ, मलाई हालसम्म उखु आएको जानकारीपनि भएको छैन, आएको छैन होला, त्यस्तो हुन हामी दिदैनौँ ।” नेपाल सरकारले एक क्विन्टलको ६ सय ३५ रुपैयाँ उखुको मूल्य निर्धारण गरेको छ । भातबाट ५ सय रुपैयाँमै उखु खरिद हुने गरेको गुनासो छ । भारतबाट आयात भएको उखुमा एक क्विन्टलमा नै एक सय १८ रुपैयाँ नाफा तस्करहरूले लिने गरेको स्थानीयको गुनासो छ ।