धर्म–पशुपति स्मृति दोस्रो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता फागुन ११ देखि हुने 
2024/02/10, 12:12
 
ss

कैलालीको धनगढीमा धर्मदेव पशुपति स्मृति दोस्रो खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको छ । पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि प्रतियोगिता हुने भएको हो ।

प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने पुलिस पब्लिक ब्याडमिन्टन क्लबका अध्यक्ष चेतराज जोशीले जानकारी दिए । प्रतियोगितामा खुल्ला डबल्स, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन विधाभएको छ । तीन वटै विधाका विजयी खेलाडीहरुलाई नगद २ लाख ४९ हजार पुरस्कार दिईने भएको छ ।

खुल्ला डबल्समा प्रथमलाई ६१ हजार,  द्धितीयलाई ४१ हजार र तृतीयलाई ३१ हजार रकम पुरस्कारसंगै मेडल तथा ट्रफी प्रदान गरिने अध्यक्ष जोशीले बताए । उनका अनुसार ४५ प्लस भेट्रान अर्न्तगत प्रथमलाई ४१ हजार, द्धितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रान अन्तर्गत प्रथमलाई ११ हजार, द्धितीयलाई ७ हजार र तृतीयलाई ५ हजार नगद सहित ट्रफी, मेडल प्रदान गरिने छ ।