डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु, एमएलटी अध्ययनको अनुमति
2024/02/14, 12:05
 
ss

डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। मंगलबारदेखि सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा पढाइ सुरु भएको हो। कलेजले बिएमएलटी९ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी० सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालन गरेको मेडिकल कलेजका डिन डा।हेमनाथ जोशीले जानकारी दिए।

उनका अनुसार १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन्। आज भने तीन जना विद्यार्थी उपस्थित रहेका थिए। मेडिकल कलेज सञ्चालन हुनु खुसीको खबर भएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डा। सन्तोष गुप्ताले जानकारी दिए।

आगामी तीन वर्षमा एमबीबीएस पढाइ सुरु गर्ने अठोट व्यक्त गरे। डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले डडेल्धुरा मेडिकल कलेजको सपना अब यँहाका जनताको पुरा भएको बताए ।सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा संचालन गर्ने घोषणा गरेपछि ५ वटा विषयको अध्यापन अनुमति मागिएको थियो।

तर, चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएसी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो। एमबीबीएस पढाइ सुरु गर्न भने डडेल्धुरा अस्पताल कम्तीमा पनि तीन सय शय्यामा स्तरोन्नति हुन आवश्यक छ। अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ।