एसपीए र होलील्याण्ड श्री कलेज धनगढी कपको फाइनलमा
2024/02/22, 9:34
 
ss

धनगढीमा जारी श्री कलेज धनगढी कप फुटवल प्रतियोगिताको उपाधिका लागी सुदूरपश्चिमाञ्चल एकेडेमी र अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुल भिड्ने भएका छन् । धनगढी रगंशालामा बुधबार भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीले सैनिक आवासिय माध्यमिक बिद्यालय तेघरीलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलको दोश्रो हाफमा सुदुरपश्चिमाञ्चल एकेडेमीका आयान मन्सुरीले गोल प्रहार गर्दै फाइनलको यात्रा तय गराए । सुदुरपश्चिमाञ्चल एकेडेमीका आयान मन्सुरी पहिलो खेलको म्यान अफ द म्याच बने । 

दोश्रो खेलमा एलायन्स इन्टरनेश्नल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुलले आफ्नो फाइनल यात्रा तय गरेको छ । खेलको पहिलो हापको १२ मिनेटमै होलिल्याण्डका  राजु लामाले गोल प्रहार गरेका थिए । होलिल्याण्डका बिरुद्ध एलायन्सले गोल फर्काउन सकेन । दोश्रो खेलको म्यान अफ द म्याच पनि होलिल्याण्डका राजु लामा बने । 

१० बिद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोट्स एण्ड इभेन्ट प्रा।लीका अध्यक्ष रामचन्द्र शाहीले बताए ।