कैलालीका शिक्षक शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर
2024/02/23, 6:22
 
dd

कैलालीको घोडाघोडीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर भएका छन्।विशेष अदालतले उनलाई दोषी ठहर गरी ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार कार्कीले जानकारी दिए।

भारतबाट प्राप्त गरेको इन्टरमिडियटको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध गत असोजमा मुद्दा हालेको थियो। उनले इन्टरमिडियटको नक्कली सर्टिफिकेट पेस गरेर अध्यापन गरिरहेको पाइएको अख्तियारले जनाएको छ।

शाहले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडियट एजुकेसन, युपी राजकीय हुसेनवाद इन्टर कलेज भारतको शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएका थिए। उक्त शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको थियो।शिक्षक शाह सोही विद्यालयका पूर्वहेडसर समेत हुन्। प्रतिवादी शाहलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ ९१० बमोजिम ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला विशेषले शुक्रबार सुनाएको हो।

यस्तै आज बिशेष अदालतले शुक्रबार २ जना प्रहरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। तीनवटै फैसला आज विशेष अदालतका न्यायाधीशत्रय डाक्टर खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले गरेको हो।अदालतले प्रतिवादी प्रहरी हवल्दार विष्णु सिंहलाई घुससम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो।गत साउन ११ गते काठमाडौंको बूढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट ६२ हजार ५१८ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो।

अदालतले प्रतिवादी प्रहरी हवल्दार विष्णु सिंहलाई घुससम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो। गत साउन ११ गते काठमाडौंको बुढानिलकण्ठ प्रहरी प्रभागमा कार्यरत वरिष्ठ हवल्दार सिंहलाई सेवाग्राहीबाट ६२ हजार ५१८ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो।त्यसपछि उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको थियो। त्यही मुद्दामा सिंहलाई भ्रष्ट्राचार निवारण ऐन, २०५९ हो दफा २९९० बमोजिम एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद सजाय विशेषले शुक्रबार सुनाएको हो।त्यसैगरी ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका इलाका प्रहरी कार्यालय मैनापोखर, बर्दिया प्रहरी नायब निरीक्षक सई पवन साउद पनि दोषी ठहर भएका छन्। 

गत मंसिर १२ गते उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।साउदविरुद्ध अख्तियारले विशेषमा भ्रष्टाचार मुद्दा चलाएको थियो। उक्त मुद्दामा विशेषले साउदलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)  बमोजिम ३० हजार जरिवाना र ३ महिना कैद हुने फैसला सुनाएको हो।