कफी खेतीमा किसानको चासो
2024/03/04, 4:35
 
ss

ढदशक अघि शिखर नगरपालिका(२ मुडेगाउँका जनक शाहीले आफ्नो बारीमा कफीका ५ बोट रोपे । गाउँकै पर्यटन व्यवसायी अमर शाहीले निस्शुल्क फलफूलका बिरुवा वितरण गर्ने क्रममा ५ बोट मागेर शाहीले कफी रोपेका थिए । कफी लटरम्म फल्यो । शाहीले केही वर्ष इष्टमित्र, साथीभाइलाई कफी बाँडेर सके । बजारमुल्य र कफीको महत्व थाहा नपाउँदा एउटा बोट मात्र आफू खानका लागि राखेर बाँकी हटाइदिए । 

शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मिम हमाल, कफी विज्ञ बद्री बस्ताकोटी र समाजसेवी तथा पर्यटन व्यवसायी अमर बहादुर शाही लगायतको टोलीले स्थलगत अध्ययन गरी गाउँमै पुगेर कफी खेतीको महत्व, त्यसको बजारमुल्यबारे बताएपछि भने शाही छक्क परे ।

हुर्केर लटरम्म फलेका कफीका बोट हटाएकोमा पश्चताप पनि गरे । शाहीसँगै गाउँलेहरु पनि कफी खेतीका लागि हौसिएका छन् । ुबारीमा लटरम्म कफी फलेको थियो, यता किनेर कफी खाने बानी कसैको नभएपछि मैले भएका बोट पनि फ्याँकी दिएँ,ु शाहीले भने, ुत्यसको मुल्य र बजार कहाँ छ भनेर बल्ल थाहा पाएँ, अब व्यावसायिक रुपमा खेती गर्ने सोचेको छु ।’

मुडेगाउँ अत्यन्तै उपयुक्त रहेको निष्कर्ष निकाल्दै कफी खेती प्रवर्द्धनका लागि केन्द्रीय टोलीले डोटीको शिखर नगरपालिका(२ मुडेगाउँमा पुगेपछि किसानहरुको चासो बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमले डोटीको शिखर नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहकार्यमा कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न दुई दिने तालिमको आयोजना गरेको छ । तालिममा शिखर नगरपालिकाका ३५ जना किसानको सहभागिता रहेको छ ।

कफी खेतीको लागि धेरै सम्भावना बोकेकोयस जिल्लामा कफीको वैज्ञानिक, दिगो तथा व्यवसायिक उत्पादन तथा उत्पादकत्व बढाइ आपूर्ति क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम गरिएको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीले बताए । तालिमले संभावित किसानहरूलाई कफी खेतीका वैज्ञानिक विधिबारे जानकारी गराउनुका साथै यसको संभावना र लाभबारे जानकारी दिइ यसक्षेत्रमा लाग्न अभिप्रेरित गर्ने जोशी बताउँछन् ।

स्थानीय तहमार्फत् उद्यमी तथा किसानलाई कफी मूल्य श्रृंखलामा उनीहरुको उच्चतम सहभागिता सहित आकर्षक प्रतिफलको सुनिश्चितता गराउन आफूहरुको सहयोग रहने यूरोपियन यूनियनका वरिष्ठ कार्यक्रम संयोजक भिम हमालले बताए । मुडेगाउँमा कफीको प्रशस्त्र सम्भावना देखिएकाले किसानहरुलाई त्यसप्रति आर्कषित गराउन प्रारम्भमा अभिमुखीकरण तालिमको आयोजना गरेको हमालले जानकारी दिए ।

अभिमुखीकरणमा १२० वटा कफी विरुवाहरु रोप्नुका साथै नर्सरी व्यवस्थापनबारे प्रयोगात्मक प्रदर्शन गरिने बताइएको छ । तालिमकी सहभागी विष्ना भाटले तालिमको अवसरबाट आफू धेरै उत्साहित भएको बताउँदै तालिमबाट सिकेको ज्ञानबाट आफूले कफी खेती सुरु गर्ने बताइन् । शिखर नगरपालिका उपप्रमुख सुनिता रावलले कफीको खेतीलाइ नगरका अन्य वडाहरुमा पनि विस्तार गर्ने प्रतिबद्धता गरेकी छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी, युरोपियन युनियनका वरिष्ट कार्यक्रम व्यवस्थापक मिम हमाल, कफी विज्ञ डा।बद्री बस्ताकोटी र समाजसेवी अमर बहादुर शाहीले लगायतले देशमा कफीको उत्पादनको संभावना प्रचुर रहेको अवस्थामा उत्पादन देखि प्रशोधन उपभोग र निर्यात सम्मका मूल्य श्रृंखलालाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।

नेपालमा १२ लाख हेक्टरमा कफी खेतीको संभावना रहे पनि हाल करिब ४२ जिल्लामा करिब ३ हजार ६ सय ५५ हेक्टरमा कफी खेती हुने गरेको छ । नेपालमा आर्थिक वर्ष २०७९र८० मा कफीको उत्पादन करिब ३९४ टन रहेको सरकारी आँकडा छ । सोही आर्थिक वर्षमा नेपालले रु १३ करोड ४ लाख ४१ हजार मूल्य बराबरको ७७ टन कफी निर्यात तथा रु ३२ करोड ५८ लाख ६६ हजार मूल्यवराबरको ४५० टन कफी आयात गरेको थियो ।