सुदुरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७१३ पुग्यो 
2020/07/07, 3:16
 
corona

सुदुरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशलामा परिक्षणका क्रममा थप २२ जनामा कोरोना पुष्टि भएको हो । परिक्षणका क्रममा १४ जना पुरुष र ८ जना महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

सूचना अधिरकारी श्रेष्ठले कैलालीको लम्कीचुहा नगरपालिकाका तीन महिला र १० पुरुष गरी १३ जना, गोदावरी नगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार अछामको मेल्लेख गाउँपालिकाका दुई महिला र तीन पुरुष गरी पाँच जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी श्रेष्ठले बताए।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार सात सय १३ पुगेको छ। संक्रमण पुष्टि भएका ८ जनाको मृत्यु भईसकेको छ भने नौँ सय चार जना डिस्चार्ज भएका छन्।