सुदुरपश्चिम बिश्वबिद्यालयले पायो निमित्त उपकुलपति
2024/03/08, 9:34
 
ss

दुरपश्चिम विश्वविद्यालय सहित तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा प्राडा केशरसिंह रानालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । तत्कालीन उपकुलपति प्राडा नन्दबहादुर सिंहको चारवर्षे कार्यकाल सकिएपछि यो विश्वविद्यालय फागुन १९ गतेदेखि उपकुलपतिविहीन थियो ।

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी सहप्राध्यापक कर्णबहादुर थापालाई दिइएको छ । यहाँ पनि तत्कालीन उपकुलपति प्राडा अमरराज जोशीको कार्यकाल फागुन १९ गते सकिएको थियो । पूर्वाञ्चल विश्वविद्यालयमा डा। शैलेशमणि पोखरेललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ । यस विश्वविद्यालयमा तत्कालीन उपकुलपति प्राडा यादवप्रसाद कोइरालाको कार्यकाल गत फागुन १९ गते सकिएको थियो । यस विश्वविद्यालयका उपकुलपतिका लागि भने निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस समितिले माघ अन्तिम साता आवेदन आह्वान गरेको थियो ।


त्यसका लागि १८ जनाले विश्वविद्यालय सुधारको सोचपत्र र चारवर्षे कार्ययोजनासहित आवेदन बुझाउनुभएको थियो तर आवेदकको अल्पसूची ९सर्टलिस्ट० सार्वजनिक भएको छैन ।