चैतन्य पाठशाला धनगढी हाफ म्याराथनको सह–प्रायोजक
2024/04/03, 3:00
 
dd

नयाँ वर्षका दिन धनगढीमा आयोजना हुने धनगढी हाफ म्याराथन प्रतियोगिताको सह प्रायोजकमा चैतन्य पाठशालाले साथ दिएको छ । धनगढी जेसिजको आयोजनामा अब धनगढी दौडिन्छ भन्ने नाराका साथ हुने धनगढी हाफ म्याराथन प्रतियोगिताको सह प्रायोजकको रुपमा धनगढीमा रहेको चैतन्य पाठशाला बनेको हो ।

चैतन्य पाठशालाका तर्फबाट अध्यक्ष गणेश जोशी र धनगढी जेसिजका तर्फबाट म्याराथन संयोजक आशिष शाहले सम्झौता पत्रमा हस्ताक्षर गरे । विभिन्न सामाजिक क्षेत्रहरुमा उत्तरदायित्व वहन गर्दै आएको चैतन्य पाठशालाले सामाजिक उत्तरदायित्व अनुसार धनगढी हाफ म्याराथनलाई साथ दिएको पाठशालाका अध्यक्ष गणेश जोशीले बताउनुभयो । 

चैतन्य पाठशाला समय र शिक्षामा देखिएका अभावहरूको प्रत्याभूत परिपूर्तिका लागि स्थापित एक आधुनिक र पूर्ण स्कुल हो । एउटा आधुनिक स्कुलमा हुनुपर्ने सबै पूर्वाधारहरु पाठशालामा रहेका छन् । धनगढीमा आधुनिक र समय अनुसारको शिक्षा पठनपाठन पाठशालाले दिईरहेको छ । 

धनगढी जेसीजले २०७१ साल देखि हरेक नयाँ वर्षको पहिलो दिन हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्दै आएको छ । म्याराथन चार वटा विधामा हुनेछ । २१ दशमलव १ किलोमिटरको हाफ म्याराथनका विजेताले ६६ हजार ६६६, दोस्रो हुनेले ४४ हजार ४४४ र तेस्रो हुनेले ३३ हजार ३३३ रकम पुरस्कार पाउने प्रतियोगिता संयोजक आशिष शाहले जानकारी दिए ।  २०८१ को बैशाख १ गते धनगढी रंगशालाबाट सुरु हुने हाफ म्याराथनमा आयोजकले ४ हजार प्रतियोगीहरुको सहभागिता रहने अनुमान गरेको जनाएको छ । जेसीजले युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकासका लागि हरेक वर्ष यस प्रतियोगताको आयोजना गर्दै आएको जनाएको छ