मुख्यमन्त्री कपको पुरस्कार नपाएपछि खेलाडीको आक्रोस– पैसा खाईसक्या हो कि केही आस बाँकी राखौं ?
2020/05/13, 11:47
 
cm cup

सुरुदेखि नै विवादित बनेको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताका विजेताले अहिलेसम्म पुरस्कार राशि पाउन सकेका छैनन् । गत बर्ष फागुन २९ गतेदेखि चैत ३ गतेसम्म धनगढीमा सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताको पुरस्कार राशि एक बर्ष तीन महिना बित्दा समेत पाउन नसकेको भन्दै खेलाडीहरूले गुनासो गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा भएको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता २०७५ को विजेता रहेको सुदूरपश्चिम र उपविजेता प्रदेश नम्बर १ को टोलीले अझैसम्म नगद पुरस्कार पाएका छैनन् ।  उपविजेता बनेको प्रदेश नम्बर १ ले नगद आठ लाख रुपैयाँको राशि पाउन नसकेको भन्दै रोष प्रकट गरेको छ । यसरी प्रदेश सरकारले नै पुरस्कार बापतको रकम नदिँदा अफिसियल र खेलाडी तथा अन्य खेल आबद्ध विभिन्न संघसंस्था निराश भएका छन् । उनीहरूले प्रतियोगितामा भाग लिएका खेलाडीले पुरस्कार बापतको रकम पाउने कि नपाउने अन्योल रहेको बताएका छन् ।

प्रदेश सरकारले खेलाडीलाई हौसला दिनुको सट्टा पुरस्कार बापतको रकम दिन ढिलासुस्ती गर्दा खेलाडीमा निराशा छाएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका अनुसार त्यो रकम सुदुरपश्चिम प्रादेशिक खेलकुद विकास समितिको खातामा पठाई सकिएको छ । खेलाडीहरुले डेढ बर्षदेखि पुरस्कार रकम नपाएपछि आक्रोस पोखिरहेका छन् । खेलाडीहरुले आफुहरुलाई दिने भनेको रकम खाईसकेको हो की भन्ने आशंका सहित सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । महिला क्रिकेट खेलाडी कविता जोशीले फेशवुकमा लेखेकी छिन्– सिएम –चिफ मिनिस्टर) कपको पैसा खाईसक्या हो की केही आश गरौं । जोशीले अगाडी थपेकी छिन्– एक बर्ष भईसक्दा पनि रकम नपाउँदाको पिडा खेलाडीले मात्र बुझ्छ । 

cricket