
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. हेमराज पन्त नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पन्तलाई उपकुलपति नियुक्त गरेका हुन् ।

उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्रा. डा. हेमराज पन्त, प्रा. डा. अक्कलदेव मिश्र र प्रा. डा. भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो ।
योग्यताक्रमको आधारमा पन्तलाई उपकुलपतिमा नियुक्त गरिएकाे प्रधानमन्त्री कार्यालयले जनाएको छ । पन्त पुल्चोक इन्जिनियरिङ क्याम्पसको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभागका विभागीय प्रमुख हुन् ।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पद १८ फागुनबाट रिक्त थियो ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32