
बुधवार पेन्सन बुझ्न भारत पुगेका बैतडीका एक नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ८ त्रिपुराका ८३ वर्षीय धनसिंह रावल रहेका छन ।

पेन्सन लिन भारतको झुलाघाटको बैंकमा लाइन बसेका बेला एक्कासी ढलेका रावलको उपचारको लागि ल्याइदैं गर्दा मृत्यु भएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताए । उनका अनुसार मृतक रावल लामो समयदेखि दम र श्वास प्रश्वासका रोगी रहेका थिए ।
रावलको कोरोना परीक्षण गर्न परिवारले नमानेकोले स्वाब संकलन नगरिने प्रहरी नायव उपरिक्षक अधिकारीले बताए । मृतकको शव परिवारको जिम्मा लगाइएको छ । मृतक रावल भारतीय सेनाबाट सेवा निवृत्त भएका थिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14