
नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड प्रहरी नियन्त्रणमा परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका हुन् ।

वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । ओड साङ्गीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । नेपाल आए लगत्तै उनी आफै इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गर्न पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी उमेश जोशीले जानकारी दिए ।
उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । ओड अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा रहेका छन् । प्रहरीले त्यस विषयमा छानबिन तथा अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15