‘सुदुरपश्चिमका यी जिल्लाका जमिन धेरै गलेका छन्, बाढी पहिरोको जोखिम छ’
2020/07/08, 9:11
 
jamin

लगातार वर्षाका कारण केही जिल्लाका जमिन धेरै भिजेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  त्यस्ता स्थानमा मध्यम वर्षा हुँदा पनि बाढी, डुबान हुने तथा पहिरो जाने जोखिम हुने भएकाले स्थानीय बासिन्दालाई होसियार रहन महाशाखाले अनुरोध गरेको छ ।

आफ्नो ट्विटर मार्फत महाशाखाले जमिन भिजेका स्थानको चित्र समेत देखाएर जानकारी दिएको हो । महाशाखाको सूचना अनुसार त्यसमा सुदुरपश्चिमका कञ्चनपुर, डोटी र डडेलधुराका जमीन भिजेका छन् । यी वाहेक देशका अन्य जिल्लाहरु नवलपरासी, गुल्मी, अर्घाखाँची आसपास जमिन भिजेका छन् ।  

सूचनामा भनिएको छ– ‘मध्यम (ठूलो होईन) वर्षा हुँदा समेत उक्त स्थानमा जमिनले कम पानी सोस्ने र आकस्मिक बहाव हुने सम्भावना रहन्छ । भिजेको जमिन आसपास पहिरोको जोखिम रहन्छ ।’

बाढी पूर्वानुमान महाशाखाले बुधबार आफ्नो ट्विटरमा राखेको सूचना जस्ताको तस्तैः

संलग्न चित्रको गाढा नीलो रंगले जमिन धेरै भिजेको (Saturated) र उक्त स्थानमा मध्ययम बर्षा हुँदा समेत उक्त स्थानमा जमिनले कम पानी सोस्ने र आकस्मिक बहाव हुने संभावना रहन्छ।भिजेको जमिन आसपास पहिरोको जोखिम रहन्छ #कञ्चनपुर,डोटी,डडेलधुरा,नवलपरासी,गुल्मी, अर्घाखाँची आसपास जमिन भिजेको छ।