पूर्व शिक्षक बोहरा दम्पतीद्वारा अक्षयकोष  स्थापना 
2024/05/26, 2:52
 
ss

डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा , ग्वानगाउँ स्थायी घर भइ हाल धनगढी उपमहानगरपालिका ४ निवासी चन्द्र बहादुर बोहरा दम्पतिले एकैसाथ ३ वटा अक्षयकोषको निर्माण गर्नु भएको छ ।विभिन्न विधालयमा अध्यापन र प्रधानाध्यापकको कुसल जिम्मेवारी बहन गर्नु भएका बोहरा र उहाँको धर्मपत्नी महेश्वरी बोहराले एक कार्यक्रमका बिच जोरायल गाउँपालिका ५ र ६ का विभिन्न  ३ वटा विद्यालयमा २ लाख ५८ हजार नगद रकमको अक्षयकोष निर्माण गर्नु भएको हो ।

शिक्षाप्रेमी ,समाजसेवी ,बुद्धिजीवी ,कुशल इमान्दार ,मधुरभाषी  बोहरा दम्पती द्वारा यहि जेठ ६ गते महाकाली मा वि जोरायल ५ खतेडा, जेठ ७ गते कृष्ण मा वि जोरायल ६ दह र ११ गते केदार मा वि जोरायल ६ खसेरेमा अक्षयकोषको स्थापना गर्नुभएको हो  ।अक्षयकोष दाता चन्द्र बहादुर बोहरा र उहाँको धर्मपत्नी महेश्वरी बोहराद्वारा   कृष्ण मा वि दहमा रु १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएकोछ ।

अक्षयकोष दाता चन्द्र बोहरा यस विद्यालयको संस्थापक प्रधानाध्यापक समेत हुनुहुन्थ्यो । त्यसैगरी बोहराद्वारा आफ्नो ममतामयी आमा स्व नन्दादेवी बोहराको स्मृतिमा  आफुले प्राथमिक शिक्षा हासिल गरेको र पहिलो पटक अध्यापन कार्यको थालनी  गर्नुभएको  महाकाली मा वि खतेडामा रु १ लाख १ हजार १ सय रुपैयाँको  नन्दादेवी स्मृति अक्षयकोषको स्थापना गर्नुभएको छ । त्यस्तै उहाँले नै धर्मपत्नीका आमाबुबा तथा  आफ्ना ससुरा काँशी बोहरा र सासू चन्द्रा बोहराको स्मृतिमा केदार मा वि खसरेमा रु ५५ हजार ५ सय ५५ रुपैयाँको तेस्रो अक्षयकोषको समेत स्थापना गर्नुभएको हो ।

सामान्य किसान परिवारमा जन्मनु भएका मनकारी तथा परोपकारी चन्द्र बोहराको जन्म बि स २०१८ साल  माघ २७ गते हालको डोटी जोरायल गा पा ५ खतेडामा बुवा जगत बहादुर बोहरा र आमा नन्दा बोहराको कोखबाट भएको थियो ।कक्षा १० सम्मको शिक्षा हाँसिल गर्नुभएको उहाँको प्रारम्भिक शिक्षा १ (५ गाउँकै विद्यालय महाकाली मा वि खतेडा ,कक्षा ६(८ सम्मको अध्यन घण्टेश्वर मा वि कुँडिकोट र कक्षा ९(१० को पढाई जनता मा वि मनुवा कैलालीमा भएको थियो । 

बि स २०३९ माघ २ देखि २०४५ चैत १५ सम्म महाकाली मा वि खतेडामा अस्थायी शिक्षकको रूपमा कार्यरत रहनुभएको उहाँ २०४५ चैत १६ देखि २०४६ पुस २६ सम्म दुर्गा मा वि बड्डिकेदार र २०४६ पुस २७ देखि अनवरत रुपमा  २०६९ मंसिर २५ गतेसम्म कृष्ण मा वि दहमा  प्रधानाध्यापक र शिक्षकको भुमिकामा रहिसेवा गर्नु भएको थियो ।हाल कैलालीको धनगढी उपमहानगरपालिका ४ दक्षिणकाली मार्गमा बस्नुहुने बोहरा दम्पतीका २ छोरा र १ छोरी रहेकाछन ।

अक्षयकोष दाता बोहरा शिक्षा क्षेत्रको बिकास भए मात्रै समाज परिवर्तन सम्भब छ र मानव भएर जन्मेपछी आफू जन्मेको  र आफुले काम गरेको ठाउँमा सकेसम्म राम्रो गर्नुपर्छ भन्ने मुल उदेश्यका  साथ शैक्षिक र समाजिक क्षेत्रमा अहोरात्रा खट्नुहुने समाजिक प्रेरणाका मुख्य पात्र रहेको उहाँका पुर्व विद्यार्थी तथा हाल जनता आ वि का प्रधानाध्यापक भबिन देउवाले बताउनुभयो ।