एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः नवजीवन को–अपरेटिभ्स सह–प्रायोजक
2024/05/29, 6:17
 
ss

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको पाँचौं संस्करणमा नवजीवन सह–प्रायोजकको रुपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्चका सचिव विराज रोस्यारा र नवजीवन को–अपरेटिभ्स लिमिटेडका अध्यक्ष देवबहादुर बमबीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।

अवार्डका अघिल्लो संस्करणमा पनि साथ दिदैं आकको को–अपरेटिभ्सका अध्यक्ष बमले आगामी दिनमा पनि खेलाडीहरुको हौसला बढाउने कार्यक्रमलाई सहयोग गर्ने बताए । नवजीवन को–अपरेटिभ्स लिमिटेड नेपालकै बैकिङ कारोबार गर्ने पहिलो सहकारी हो । अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।