एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः भेनु पाटर्नर ओम प्यालेस 
2024/06/14, 5:20
 
ss

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेससँग सम्झौता गरिएको हो । 

कार्यक्रम पनि असार ७ गते ओम प्यालेसमा आयोजना हुनेछ । ओम प्यालेसलाई अवार्डमा भेनु पाटर्नरका रुपमा स्थान दिईनेछ । धनगढीको ओम प्यालेसमा हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा खेलकुद प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछन । ओम प्यालेसका तर्फबाट म्यानेजर कल्याण मोक्तान र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सचिव विराज रोस्याराले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

ओम प्यालेसले विभिन्न कार्यक्रम तथा शुभ कार्यहरुका लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । सुदुरपश्चिमको पहिलो पार्टी प्यालेसको रुपमा सेवा दिदैं आएको प्यालेस धनगढीमा सबैको रोजाईमा पर्दै आएको छ । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।