युवा उद्यमी मञ्चको नयाँ नेतृत्वमा इन्जिनियर भट्ट चयन
2024/07/02, 8:42
 
aa

धनगढी । नेपाली युवा उद्यमी मञ्च कैलाली च्याप्टरको अध्यक्षमा युवा व्यवसायी तर्कराज भट्ट निर्वाचित भएका छन् । नेपाली युवा उद्यमी मञ्चको सातौँ वार्षिक साधारणसभाबाट भट्टको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

नेपाली युवा उद्यमी मञ्च को कैलाली च्याप्टरको प्रथम उपाध्यक्षमा अच्युत दाहाल र द्धितीय उपाध्यक्षमा आदित्य हमाल निर्वाचित भएका हुन् । यस्तै कार्यकारी सदस्यमा आशिस शाह, आयुस हमाल, आयुस मोहपाल, राहुल गुप्ता, बिर्सन गुप्ता, भरत श्रेस्ठ र बिनय चोखाल निर्वाचित भएका छन् ।


मञ्चको नव निर्वाचित अध्यक्ष भट्टले निर्वाचित गराउने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । उनले च्याप्टर अध्यक्षमा पुग्नको लागि मलाई विभिन्न तरिकाबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए । सोमबार साझँ धनगढीमा भएको सातौँ साधारणसभाको उद्घाटन सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव डा।हरि लम्सालले गरेका थिए । कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चका केन्द्रिय अध्यक्ष साहारा जोशी, प्रथम उपाध्यक्ष कुशल सुन्दर श्रेस्ठ, नेपाली युवा उद्यमी मञ्च कैलालीका संस्थापक अध्यक्ष पुस्कर ओझा, पुर्व अध्यक्ष रोशन भट्ट लगायतको उपस्थिती थियो ।

कार्यक्रमको अध्यक्षता गरेका निबर्तमान अध्यक्ष कुबेर बहादुर शाहीले नवनिर्वाचित अध्यक्ष भट्टलाई जिम्मेवारी सुम्पिदै सफल कार्यकालको सुभकामना ब्यक्त गरे । शाहीले आफ्नो कार्यकालमा भएका बिभिन्न काम प्रस्तुत गर्दै कार्यकाल सफल गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।