डोटीमा युवक मृत्युको विषयलाई लिएर यातायातका साधन बन्द गरिएको छ।
जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन्। जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायलतर्फ आउँदै गरेको बोलेरो जिपले सुदूरपश्चिम प्रदेश ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार दिपायल–सिलगढी गरपालिका–१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो।
सो जिप भरत सिंहले चलाएका थिए। चालक अहिले प्रहरी नियन्त्रणमा छन्। सोही विषयलाई लिएर आफन्तले विरोध प्रदर्शन गर्दै आएका छन्। घाइते साउँदको शनिवार उपचारका क्रममा मृत्यु भएको थियो। सोहि विषयलाई लिएर मृत साउँदका आफन्त आज ९मंगलबार० आन्दोलित भएका हुन्।
उनीहरुले जिप चालकलाई कारवाही र क्षतिपुर्तीको माग गर्दै सडक अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले बताए। सडक अवरुद्ध पारेपछि अछाम, बाजुरा तथा डोटीबाट कैलाली जाने सवारी साधन बिचबाटोमै अलपत्र परेका छन्।इउभल उजयतय
सडक प्रदर्शनमा सत्रिएका मृतकका आफन्तलाई बोलाएर छलफल समेत भइरहेको प्रहरी उपरीक्षक शर्माले बताए। लामो तथा छोटो दुरीका यातायातका साधन अवरोध हुँदा यात्रुहरु समेत अलपत्र परेका छन्। विरोध प्रदर्शन भइरहेको क्षेत्रमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ।