
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत काठमान्डु गुर्खाजले पहिलो जित हासिल गरेको छ । कर्णाली याक्सलाई तीन विकेटले हराउँदै काठमान्डुले पहिलो जित हासिल गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १५० रनको लक्ष्य पछाएको काठमान्डुले १९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४९ रन बनाएको थियो । कर्णालीका लागि शिखर धवनले ५१ बलमा ७२ रन बनाएका थिए ।

यो जियपछि काठमान्डु गुर्खाजको २ खेलमा २ अंक भएको छ भने कर्णालीले आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 3:42
2020/10/21, 2:53
2021/05/13, 1:17
2021/12/08, 11:47
2022/12/18, 1:19