
कर्णाली याक्सले नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा पहिलो विजय हात पारेको छ।

शिखर धवन र चाडविक वाल्टनले अनुभवी इनिङ्स खेलेपछि कर्णालीले शुक्रबार पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो।
धवनले ४१ बलमा ४५ र वाल्टनले १९ बलमा ३० रन बनाएपछि कर्णालीले १ सय ३१ रनको लक्ष्य मात्र १ बल अगाडि पूरा गर्यो। ४ चौका र १ छक्का प्रहार गरेका धवनलाई यान निकोलास लफ्टी इटोनले कट एन्ड बोल्ड गरे।

वाल्टनले ३ छक्का प्रहार गरे। धवनले देव खनालसँग पहिलो विकेटमा १० ओभरमा ५३ र वाल्टनसँग दोस्रो विकेटमा ३३ बलमा ५१ रन जोडेका थिए।
टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सकेको थियो।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44