पाचौं भजहर कपको उपाधिका लागि गौरीगंगा र आयोजक भिड्ने 
2025/05/07, 12:53
 
ss

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा भईरहेको निसर्ग हस्पिटल पाचौं भजहर कप फुटबल प्रतियोगिताको उपाधिका लागि गौरीगंगा–११ स्पोर्टस क्लब र आयोजक श्री जनहित क्लब बी प्रतिस्पर्धा गर्ने भएका छन् । थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको निसर्ग हस्पिटल पाचौं भजहर कपको सेमिफाईनलमा जित हात पार्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् ।


समुह ए बाट सेमिफाईनलमा पुगेको गौरीगंगा–११ स्पोर्टस क्लब समुह ए बाट नै सेमिफाईनल पुगेको भजनी नगरपालिका वडा नम्बर ५ स्तरीय क्लबमाथि सानदार जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो । गौरीगंगाले पहिलो सेमिफाईनलमा भजनीलाई ४–१ गेल अन्तरले हराएको हो । समुह बी बाट अन्तिम चारमा स्थान बनाएको आयोजक श्री जनहित क्लब बीले समुह बी बाट नै सेमीफाईनल पुगेको न्यू सुभित फेन्सी एण्ड श्रृंगार पसल उदासीपुरलाई हराउँदै उपाधिका लागि भिड्ने भएको हो । आयोजक बी ले न्यू सोभित फेन्सी पसललाई टाईब्रेकरमा ३–० ले हराएको हो । निर्धारित समयमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । 


प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए । 


थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ । त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ ।